logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रासुमनेको ३९ सौँ भर्चुअल सुसेली वाचन कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, जेष्ठ २१ २०८०

काठमाडौ ।  राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्व, कवि कलानिधि दाहालको विशिष्ट आथित्य र गंगा लिगल विशेष अथिती रहेको राष्ट्रिय सुसेली मञ्च नेपालको ३९ सौँ कार्यक्रममा भक्तपुर सुसेली मञ्चलाई स्वागत सहित बधाई र शुभकामनाका साथ मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन गर्नु भएको थियो ।



भक्तपुर सुसेली मञ्च तदर्थ समितिमा निम्नलिखित कवि साहित्यकारहरू चयन हुनुभएको छ ।

१. संयोजक कवि रामशरण न्यौपाने
२. उपसंयोजक कवि तेजकृष्ण श्रेष्ठ
३. सचिव कवि डिल्लीप्रसाद मूलतिहुन
४. सहसचिव कवि विश्वनाथ ढुंगेल
५. कोषाध्यक्ष कवि बिके माकजू
६. सहकोषाध्यक्ष कवि छन्दविज्ञान निरौला
७. सदस्य कवि सावित्री गेलाल
८. सदस्य कवि सालिकराम दाहाल
९. सदस्य कवि ॐ नरहरि श्रेष्ठ
१०.सदस्य कवि श्याम माकजू
११.सदस्य कवि मैयाँ सुर्खेती

भक्तपुर सुसेली मञ्चका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

सुसेली मञ्चका अध्यक्ष भमरकोटेकी ममतामयी आमा ९६ वर्षको उमेरमा गत बैशाख २७ गते परमधाम हुनुभएकोमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरि सुरु गरिएको यस कार्यक्रम २२ जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित थियो । कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेली प्रति समर्पित रहेर आत्मा देखि सुसेली लेख्नु र गाउनु भएकोमा अत्यन्तै खुसी लागेको बताउनु हुँदै भक्तपुर सुसेली मञ्चलाई बधाई सहित शुभकामना दिँदै आफूले रचना गरेका १० वटा नियात्रा सुसेली गाएर सुनाउनु भयो । उहाँ आजै बिहान न्युजिल्यान्ड पुग्नु भएको हो ।

यसैगरी विशेष अतिथि गंगा लिगलले भक्तपुर सुसेली मञ्चलाई शुभकामना दिँदै आफ्नो अधिकारका लागि नारीहरू आफैं जागरुक हुनुपर्ने सन्देशका साथ सुसेली मनोरम विधा हो र सुसेलीको कार्यक्रममा आउँदा मन अत्यन्तै रोमान्चित र आनन्दित हुने कुरा दोहोर्‍याउनु हुँदै आफूले रचनागरेका व्यंग्यात्मक र देशप्रेम सम्बन्धि १० सुसेलीहरू वाचन गर्नु भयो ।

अन्य सुसेली गायनरवाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा उर्मिला पन्त पान्डेय, उत्तम विचार, जानुका थापा रायमाझी, सुरेश चन्द्र घिमिरे, चन्द्रा न्यौपाने, पुनम घिमिरे, घनश्याम पौडेल, डिल्लीप्रसाद मूलतिहुन, चन्द्रावती अधिकारी, सालिकराम दाहाल, रामशरण न्यौपाने, कल्पना भट्टराई, शारदा आचार्य, कृष्ण केसी, सावित्री गेलाल, छन्दविज्ञान निरौला, टीकाराम गेलाल लगायतका कविहरूले विविध विषयमा सुसेली गाएर सुनाउनुभयो ।

यस वर्षको सुरुवात देखि हरेक कार्यक्रममा एकजना सुसेली स्रष्टालाई कार्यक्रमको सुसेली सम्राट घोषणा गरिने उद्घघोष गरिए अनुसार बैशाखको कार्यक्रममा कवि रामशरण न्यौपाने र आजको कार्यक्रममा कवि सुरेशचन्द्र घिमिरे सुसेली सम्राट् घोषित हुनु भएको छ । उहाँहरूलाई सुसेली मञ्चको वार्षिक कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

अन्तमा सभापति दुर्गा अधिकारी भ्रमरकोटेले सुसेलीको यो ३९ सौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद र उत्कृष्ट सुसेली लेख्ने र गाउने सबै कविहरूमा बधाई ज्ञापन गर्नुका साथै भक्तपुर सुसेली मञ्चको प्रगति र उन्नतिको कामना सहित सभा विसर्जन गर्नु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend