logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य


  • जन आकाश
  • आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं । मलेसियाविरुद्धको महिला टी(२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम(वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।



यसअघिको चार खेलमा नेपाल र मलेसियाले २(२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ । मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend