logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

१२ मासे टेली- सिरियल सार्वजनिक


  • जन आकाश
  • सोमबार, जेष्ठ २२ २०८०

बिनोद कार्की ।



काठमाडौ । समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको १२ मासे टेली- सिरियल युटुबमा सार्वजनिक भएको छ ।

उक्त सिरियलका निर्देशन निर्माता शिवराज शर्मा रहेका छन् । उक्त सिरियल हरेक हप्ताको शुक्रबार ७ :३० बजे शिव अफिसल युटुब च्यानलबाट सार्वजनिक हुन्छ । “ कमेडी कथा बस्तु रहेको १२ मासे टेली- सिरियल “नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै जाने सिरियलका निर्देशक शिव राज शर्मा हाम्रो अनलाइनसंग बताउछन् ।

परिकल्पना शिवराज शर्मा रहेको उक्त सिरियलमा थुप्रै कलाकारहरुको फरक -फरक अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । कलाकारहरु शिवराज शर्मा (छायाँकन अग्रज कलाकार  राजकुमार गीरी)  बिनोद कार्की , गौरब भण्डारी ,उत्तम खनाल ,मेनुका फुयाल ,दिपक तामाङ, सरला अर्याल ,कृष्ण गौतम ,मुकुन्द अधिकारी ,रेनिस गीरी, सौगत बजागाइ , रेनिसा गीरी सबिना फुयाल , जगत बुढा ,रन्जिता तामाङ ,देवराज साही ,आकृषा दाहाल , सबिन दाहाल आदि कलाकार   रहेको १२ मासे टेली- सिरियलमा  १५ जना भन्दा बढी कलाकरको अभिनय शशक्त रुपमा देख्न पाईन्छ ।

समग्रमा हेर्दा यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादनको भुमिका देख्न पाइन्छ । ”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend