logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का थप १२ खेल सम्पन्न


  • जन आकाश
  • सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिगकम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो ।



लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् । तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औं खेल प्राइम बैंकले जितेको छ । प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमा प्राइम काकितार्थ शाक्यम्यान अफ द म्यान घोषित भए ।

प्रभु बैंक विरुद्धको १३ औं खेल एनएमबि बैंकले ७ विकेटले जितेको छ । उक्त खेलमा एनएमबिका अनिल बर्तौलाले म्यानअफ द म्याचको उपाधि पाए । १४ औं खेल महालक्ष्मी विकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । यो खेलमा महालक्ष्मीका सागर गुप्ताम्यान अफ द म्याच घोषित भए ।

१५औं खेल सनराइज बैंकले हिमालयन बैंकलाई ५ विकेटले हरायो । यो स्पर्धाको म्यानअफ द म्याचको उपाधि मनोज विष्टले पाए । १६ औं खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बन्यो । उक्त म्याचमा कामना सेवाका समीर क्षेत्रीम्यान अफ द म्याच घोषित भए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend