logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा


  • जन आकाश
  • मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं । भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा छिन् । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द खर्चिरहेकी छन् ।



आइतबार राति सम्पन्न अवार्ड समारोहमा बोल्दै उनले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । ‘नेपालको सुन्दरताको विश्वभर चर्चा छ, नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु,’ भाग्यश्रीले भनिन् ।

नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त अवार्ड समारोहमा नेपाली सेलिब्रिटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन भारतीय कलाकारको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend