logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै


  • जन आकाश
  • मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार दुई वटा खेल रङ्गशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।



च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्री–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । रङ्गशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend