जन आकाश
मोहन कार्कि
काठमाडौ । द्रष्टा स्वतन्त्रताका पक्षधर ,क्रान्ति र विद्रोही चेतनाका नायक युगकवि सिद्धिचरण श्रेष्ठको नाममा स्थापित पुरस्कार साहित्यकार चेतनाथ धमलालाइ सम्मान पत्र सहित सम्माननिय रास्ट्रपति रामचन्द्र पौडेल ज्युको हातवाट हस्तान्तरण गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित सङ्क्षिप्त पुरस्कार वितरण कार्यक्रममा धमलालाइ युग कवि सिद्धिचरण पुरुस्कार तथा सम्मान पत्रले सम्मानित गरिएको हो।
त्यस कार्यक्रमको अध्यक्षता सोहि सस्थाका अध्यक्ष बैरागी काइँलाले गर्नुभएको थियो। उहाले मन्तव्य राख्दै “युगकवि सिद्धिचरणको युगान्तकारी चेतनाले सबैको मन तानेको बताउनुभयो ।”
त्यसै गरी अतिथि वक्ता ,वरिष्ठ कवि तथा समालोचक प्राडा रामप्रसाद ज्ञवालीले पुरस्कृत व्यक्तित्व प्राडा जयराज आचार्य र चेतनाथ धमलाको बारेमा सङ्क्षिप्त चर्चा गर्दै युगकवि सिद्धिचरण श्रेष्ठ विद्रोह, सङ्घर्ष र क्रान्तिचेतनाबाट खारिएका अनुकरणीय व्यक्तित्व रहेको बताउनुभयो ।
त्यस्तै, युगकवि पुत्र तथा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकविको स्मृति र योगदानबारे छोटो धारणा राख्नुभएको थियोे ।
प्रतिष्ठानका उपाध्यक्ष तथा प्राडा मोहन लोहनीले नेपाली साहित्यमा युगकविले अनेकौँ प्रयोग र सिर्जनात्मक हस्तक्षेपसहित प्रगतिवादी धारलाई आत्मसात् गर्न सफल रहेको बताउनुभयो ।
प्रतिष्ठानका सहसचिव तथा डा.फणीन्द्रराज निरौलाले युगकवि सिद्धिचरण श्रेष्ठले राष्ट्रियता, प्रकृति ,क्रान्ति र जीवनका अनेकौँ पक्षमा अब्बल सिर्जना गर्ने युगकै शिखर व्यक्तित्व भएको प्रष्ट पार्नुभयो । साथै युगकवि सिद्धिचरण प्रतिष्ठानमा रही कार्यसम्पादनमा भूमिका निर्वाहा गर्नुभएका जनक खड्कालाई कदरपत्र प्रदान गरिएको थियोे ।
पुरुस्कृत साहित्यकार धमलाद्वारा प्रकाशित कैशिका साहित्य मार्शिक पत्रीका ३० बर्ष देखि संचालनमा छ। धमलाले एक दर्जनभन्दा बढि कृतिहरुको सम्पादन गर्नु भएको छ। नेपाल प्रेस काउन्सिलको बोड सदस्य लगायत थुप्रै साहित्य सघ, सस्थाहरुमा आबद्ध भइ कामगरिरहनु भएको छ।
हाल नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend