जन आकाश
काठमाडौ । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म आदिपुरुषको दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीताहरणको प्रसंगलाई देखाइएको छ । यसअघि सार्वजनिक गरिएको ट्रेलरमा सैफ अली खानलाई खासै स्थान दिइएको थिएन । दोस्रो ट्रेलरमा उनको रावण अवतारलाई प्रस्तुत गरिएको छ ।
केही महिनाअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो । टिजर सार्वजनिक भएसँगै प्रशंसाभन्दा धेरै आलोचना भयो । फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भने । त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए ।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो । सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो । यसैबीच निर्माण टिमले पुनः भिएफएक्स गर्न फिल्मको प्रदर्शन मिति सारेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend