जन आकाश
काठमाडौं । इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २-१ ले हराउँदै वेस्टह्याम च्याम्पियन बनेको हो ।
युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता जितेपछि वेष्टह्यामले ४३ वर्षदेखिको उपाधि खडेरी तोडेको छ । वेष्टह्यामले पछिल्लो पटक १९८० मा एफए कप जितेको थियो ।
प्रागमा भएको खेलमा जारोर्ड बोवेनले खेलको अन्तिम समयमा गोल गरेपछि वेष्टह्याम विजयी भएको हो । त्यसअघि ६२ औं मिनेटमा सेद बेनराहमा पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।
तर ६७औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले फियोरेन्टिनाका लागि बराबरी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि ९०औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई २-१ को जित दिलाए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend