logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

शुक्रबारबाट निरफूल फिल्म प्रदर्शनमा


  • जन आकाश
  • बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा पत्रकारको उपस्थिती रहेको थियो ।



कार्यक्रममा तामाङ कलाकारले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका कलाकारलाई हलमा प्रवेश गराएका थिए । प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिए ।

२०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट र पारिवारिक कथा मिसाइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको अभिनय छ ।

फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । लेखन समेत वलकै रहेको फिल्म धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend