logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

शहीद स्मारक लिग फुटबलमा आज चार खेल हुँदै


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं । शहीद स्मारक लिग फुटबलमा आज चार खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ भने दशरथ रंगशालामा दुई खेल हुनेछ ।



एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा खुमलटार र चर्च ब्वाईज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब बिचमा हुनेछ ,सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र फ्रेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल ३ बजेबाट सुरु हुने जनाईएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend