जन आकाश
रामेछाप । गोकुलगङ्गा गाउपालिका वाडन २ मा अवस्थित ठोसेको सारादा माविमा ग्रीनतारा नेपाल गैर सहकारी सस्थाले २ नम्बर वडा भित्र रहेका सबै प्राबि, माविलाइ सहभागी गराइ स्वास्थ सम्बन्धि अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रम ग्रीनतारा नेपालको आयोजना र सारादा मावि ठोसेको बालबालिका समन्वयको सहजीकरण भएको हो।
वडाका ५ वटा बिद्यालयहरुले भाग लिएको कार्यक्रममा स्वास्थ सम्बन्धि बत्तित्वकला, गित, हात धुने तरिका, नाटक लगायतका प्रतिस्पर्धा गराइएको थियो।
त्यस प्रतियोगितामा भाग लिएर प्रथम, दित्तिय, तृतिय हुने कलाकार, खेलाडीहरुलाइ ग्रीनतारा नेपालका प्रतिनिधि बिभोर पोख्रेलले प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमको स्वागत सारादा माविकै शिक्षक लेख बहादुर बस्नेतले प्रकाश पारेका थिए। त्यसै गरि कार्यक्रमको प्रशसा जलकालि आधाभुतका प्र. अ. रामचन्द्र कार्किले गरेका थिए।
कार्यक्रमलाइ सफल बनाउन सहयोग गरेको भनि सारादा माविका निमित्त प्र. अ. भुपेन्द्र केसिले बिद्यार्थि, अभिभावक , शिक्षक सिक्षिका, ग्रीनतारा नेपाललाइ धन्यवाद दिएका थिए।
कार्यक्रमको प्रमुख अतिथि बिद्यालय ब्यवस्थापन अध्यक्ष मनिराज कार्की रहेका थिए। कार्यक्रमको प्रमुख अतिथि केहिदिन अगाडि मात्रै वर्तमान प्र.अ.रविराज खड्काको राजिनामाको बिशयमा पुर्व बिबिस अध्यक्ष समेत रहेका महेशलाल प्रधानले त्यस कार्यक्रम हुनुभन्दा अगाडि प्रअको कार्यकक्षमा कार्यक्रम बनाइरहेका ग्रीनतारा नेपालका प्रतिनिधि, पत्रकार, प्रअ, अन्य शिक्षकहरुलाइ अपशब्द बोल्दै अफ्नै चावि ल्याएर थुनेका थिए ।निमित्त प्रअ भुपेन्द्र खड्काले ठोसे प्रहरिमा खवर गरि प्रहरिको रोबरमा बिबिसका अध्यक्ष मनिराज कार्किले साचो फुटाएर प्रअको कार्यकक्षमा थुनिएका प्रतिनिधिहरुलाइ बाहिर निकालेका थिए।
सोहि बिवादले चर्को रुप लिदै जादा महेसलाल प्रधानलाइ प्रहरीले नियन्त्रणमा लिएको र आजका कार्यक्रमका प्रमुख अतिथि तथा बिबिसका अध्यक्ष मनिराज कार्कि त्यो बिवाद मिलाउन कार्यक्रममा एकछिन मात्रै बसेर गएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend