जन आकाश
काठमाडौ ।नेपाल सितोरियो कराँते केन्द्रीय शाखा डोजोले जेठ २६ र २७ गते आयोजना गरेको ९औं उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ–२०८० प्रतियोगिता सम्पन्न भएको छ । दुई दिन सम्मा संचालन भएको प्रतियोगितामा विद्यालय र डोजो तर्फको गरि ४५० खेलाडीहरुले सहभागिता जनाएको आयोजक साईला गमालले बताउनु भयो ।
उक्त प्रतियोगितामा विद्यालयको खेलाडीहरुले पुरुष महिला दुवै तर्फ ५ देखि १५ वर्ष उमेर समुहमा प्रतिशपर्धा गरेका थिए भने डोजोका खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिशपर्धा गरेको थिए । त्यसै गरि किक बक्सिङ तर्फ पनि महिला पुरुष दुवै विधामा प्रतिशपर्धा भएको थियो ।
प्रतियोगिताको अन्तिम दिन किक बक्सिङको विजेताहरुबाट छिनोफनो भएको नतिजानुसार भक्तपुर मेन डोजोका प्रशिक्षक सुर्य बहादुर लामाको डोजो टिम प्रथम हुन सफल भयो प्रशिक्षक सुर्य राष्ट्रिय निर्णायक समेत हुन । नरहरिपुर डोजोका कुसल प्रशिक्ष रविन्द्र मानन्धरको टिम द्दितिय स्थानमा रोकिदा नगदेश डोजो भक्तपुर सौजन श्रेष्ठकोे टिमले तृतिय स्थान ओगटन सफल भयो ।
विधलय तर्फ आयोजक तथा प्रशिक्ष साईला गमालको टिम सुप्रिम मोडल ईग्लिस स्कुल्लले छलङ्ग मार्दै टिम प्रथमको ट्रफी चुम्ना सफल हुदा प्रशिक्षक मनि कुमार सुनुवारको प्रशिक्षणमा आएको मोर्डन ग्रेडेड स्कुल कुसुन्तिले दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।
प्रतियोगितामा तीनै विधातर्फ उत्कृष्ठ खेलाडी पनि थियो । कुमिते तर्फ युवराज नेपाली एम्स एकेडेमी डोजोका खेलाडी उत्कृष्ठ ठहरिदा भक्तपुर नागदह डोजोका मिस्ली श्रेष्ठ महिला तर्फ उत्कृष्ट खेलाडी भईन । विधालय तर्फ सुप्रिमका प्रविन गमाल उत्कृष्ट खेलाडी घोषीत भए ।
त्यसै गरि किक बक्सिङ तर्फ केन्द्रिय डोजोका खेलाडी जुन कुमार थामी प्रतियोगिताको यत्कृष्ट खेलाडी भए भने भक्तपुरकी एलिसा गुरुङ्ग महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भईन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend