logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

साफ च्याम्पियनसिपको तयारी


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ ।



ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाइ गरिएको हो ।

नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, एन्फा महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । टोलीलाई राखेप उपाध्यक्ष शिव कोइरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे ।

बिदाइ पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए । उनले छोटो समयको तयारीका बाबजुद पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए ।

भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै उनले साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राखे । यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वाभाविक खेलका लागि प्रयास गर्ने बताए ।

नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वाभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend