logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

इमर्जिङ टिम्स एसिया कप नेपालले भारतसँग खेल्दै


  • जन आकाश
  • बिहिबार, जेष्ठ ३२ २०८०

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।



समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो ।

यू-१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत-ए मा युवा खेलाडीहरुको बाहुल्य छ । नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend