जन आकाश
काठमाडौं । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे २१औं मिनेटमा इटलीका डेभिड फ्राटेसीले गोल गरे पनि भिएआरले मान्यता दिएन ८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए उनी ८४ औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
स्पेन र क्रोएसियाबीचको फाइनल खेल आउने सोमबार हुनेछ । २०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । २०१२ मा उरो जितेपछि स्पेनले कुनै उपाधि जित्न सकेको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend