logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौं महानगरले रोक्यो हिन्दी फिल्मको प्रदर्शन


  • जन आकाश
  • सोमबार, असार ४ २०८०

काठमाडौं । महानगरभित्रका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन् ।



काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन् ।

महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए।

‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं फिल्ममा समावेशी आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो। भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ, उनले भने, हामीले महानगरको निर्णयलाई मान्नुपर्छ। तर कहिलेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्ने निर्णय भएको छैन।

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गतबिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend