logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकाको सामना गर्ने


  • जन आकाश
  • मंगलबार, असार ५ २०८०

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्ने भएको छ । खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।



प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा छ । उता, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जितको खोजीमा हुनेछ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend