logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

वेस्ट इन्डिजविरुद्ध करण र गुल्सनले लिए १-१ विकेट


  • जन आकाश
  • बिहिबार, असार ७ २०८०

काठमाडौं : जिम्बावेमा जारी रहेको आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दुई विकेट लिएको छ । तीव्र गतिका बलर करण केसीले पहिलो विकेट लिएका हुन् भने तीव्र गतिका बलर गुलसन झाले दोस्रो विकेट लिएका हुन् ।



करणले नेपालको दोस्रो ओभरमा कैल मेयर्सलाई १ रनमा आउट गराएका हुन् । आफ्नो पहिलो ओभरको दोस्रो बलमा करणले विकेट लिएका हुन् ।

यस्तै गुलसनले नेपालको चौथो ओभरको पहिलो बलमा जोनसन चार्ल्सलाई आउट गराएका हुन् । जोनसन ६ बलमा खाता खोले बिना नै आउट भएका हुन् । झाले आफ्नो पहिलो ओभरको पहिलो बलमा चाल्र्सको विकेट लिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend