logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किन गए फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता ?


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०र१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।



काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend