logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

(कविता )


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८०

बिनोद कार्की ।
दिनदिनै बेचिदैछन् आफ्नो देशको भूमी
बिर गोर्खालीको सन्तान हौ झुक्दैनौ हामी
भष्टाचारी बिकृतिले मौलाइ राछ देश
गणतन्त्र लोकतन्त्र कता पुग्यो भनत ।।



युवा जति सबै बिदेश केको बिकास हुन्छ
किन होला जाहाँ गएनी नेपाली अप्ठयारो मै पर्छ
आफ्नो देश भन्दाभन्दै अभावको खडेरी चल्यो
आफ्नो देश त्याग्नेको भबिष्य बन्यो ।।

आफ्नै देशमा केही गरुत भबिष्यको डर
नेपालीले नेपाललाई नचिन्ने काठमाडौं सहर
ठुला-ठुला सपाना मात्र कति देख्ने आमा
आफ्नो देशमा केही गरुत राजनीति  भन ।।

नेताको भाषण सुन्दासुन्दा कानै पाकि सक्यो
माईतिघरमा जिन्दवाद र मुर्दावादको बिरोध ¥याली चलीसक्यो
गाउँघर नै सुन्सान भयो कोही नि छैन्न युवा
आफ्नै देशमा केही गर युवा जति जुटा ।।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend