जन आकाश
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सानदार ब्याटिङ गरिरहेको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै बाहिरिनेछ ।
आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेष्टइन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेष्टइन्डिजसँग पराजित हुनुपर्नेछ ।
नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेष्टइन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डसले आज नेपालसँग खेलिरहेको छ भने वेष्टइन्डिजसँग खेल्न बाँकी छ ।
समूह ए मा वेष्टइन्डिज र जिम्बाब्वे २/२ खेलबाट चाररचार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौं स्थानमा रहेका छ ।
नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, करन केसी र ललित राजवंशी छन् ।
अहिले ३८ ओभर खेल सकिदा १४८ रनमा ७ विकेटको क्षतिा नेपालले व्याटिङग गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend