logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘ए ढाक्रे दाई’ साउन ५ गतेबाट प्रदर्शन हुँदै


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौं । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित रहेको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।



फिल्मले नेपालको तत्कालिन ग्रामीण जीवनलाई जीवन्त रुपमा प्रस्तुत गरेको र त्यो अहिलेको युवापुस्ताले बुझ्न आवश्यक रहेको निर्देशक तथा निर्माता निरंजन कसजू (माइला)ले बताए ।

‘जतिबेला यातायातको सुविधा थिएन, त्यसबेला पहाडबाट महिनौं हिँडेर ढाक्रेहरु बटौली बजार २०१६ सालमा बुटवल–खस्यौली नगरपालिका नाम राखियो आउथे र जडीबुटी, घिउ, भटमासहरु आदि त्यहाँ बेचेर नुन, तेल, लत्ता कपडा जस्ता अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’

आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजा आदिको अभिनय छ । फिल्ममा सुमन थापा र विनोद चौधरीको छायांकन, सुरेश सेन्चुरीको संगीत, एन के एम र तेजप्रसाद पाण्डेको शब्द, विजय पोखरेल र विनोद चौधरीको सम्पादन, लोकेन्द्र शाह र एन के एमको कोरियोग्राफी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend