logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

काभ पुरुष भलिबलको अन्तिम खेलमा नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा गर्दै


  • जन आकाश
  • आइतबार, असार १० २०८०

काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।



बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ ।

नेपालले अघिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो ।  नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार बेहोरेको थियो भने तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । यस्तै शुक्रवार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौँ हार बेहोरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend