जन आकाश
काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा बंगलादेशले पहिलो जित हात पारेको छ ।
आइतबार भारतको बेंग्लोरमा भएको समूह ‘बी’ को खेलमा बंगलादेशले माल्दिभ्समाथि ३-१ को पुनरागमन जित हात पारेको छ । खेलको १७ मिनेटमा हम्जा मोहमदको गोलबाट माल्दिभ्सले अग्रता लियो । ४२ मिनेटमा बंगलादेशका लागि रकिक हुसेनले बराबरी गोल गर्न सफल भए ।
६७ मिनेटमा तरिक काजीले गोल गरेपछि बंगलादेशले खेलमा अग्रता लियो । अन्तिम मिनेट शेख मोर्सालिनले तेस्रो गोल गर्दा बंगलादेश जिततर्फ अघि बढ्यो । यसअघि पहिलो खेलमा आमन्त्रित टिम लेवनानसँग २-० गोलले पराजित भएको बंगलादेशको सेमिफाइनलमा सम्भावना जीवितमै छ। माल्दिभ्सले भने पहिलो खेलमा भुटानलाई २-० गोलले हराएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend