जन आकाश
काठमाडौँ । भारतमा जारी १४ औँ संस्करणको साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।
अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।
साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिइसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अङ्क विहीन रहँदै तेस्रो स्थानबाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेर बाहिरिन पुगेका हो ।
दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन् । पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend