जन आकाश
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र युएईबीच आगामी सोमबार खेल हुनेछ । त्यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच शुक्रबार खेल हुनेछ । दुई वटा प्लेअफको विजेताबीच सातौं स्थानको लागि खेल हुनेछ । यस्तै पराजित भएका टिमबीच नवौं स्थानका लागि खेल हुनेछ ।
समूह ‘ए’ मा नेपाल चौथौ स्थानमा सीमित बन्दा सुपर सिक्समा पुग्न असफल भएको थियो । नेपालसँग प्रतिस्पर्धा गर्न लागेको यूएई भने समूह बीमा पाँचौ भएको थियो । नेपाल आयोजक जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो अमेरिकालाई हराउन सफल भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend