logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कुवेत र भारत साफ च्याम्पियनसिपको लागि भिड्ने तयारीमा


  • जन आकाश
  • आइतबार, असार १७ २०८०

काठमाडौं । साफ च्याम्पियनसिप-२०२३ को उपाधिका लागि भारत र कुवेत भिड्ने भएका छन् ।



लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घरेलु टोली भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले लेबनालाई पेनाल्टीमा ४-२ ले हरायो । साफअघि इन्टरकन्टिनेन्टल कपको फाइनलमा भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो ।

भारतले उपाधिकार लागि मंगलबार आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई अतिरिक्त समयमा १-० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारत र लेबनानको खेल भने निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोलरहित बराबरी हुँदा पेनाल्टीमा निर्णय भयो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री, अनवर अली, आकाश मिश्र, उदान्त सिंहले गोल गरे ।

लेबनानका लागि वालिद साउर र मोहमद सादेकले मात्र गोल गरे । पहिलो पेनाल्टीका प्रहार गरेका कप्तान हसन मातोउकको प्रहार भारतीय गोलकिपर गुरप्रित सिंह सन्धुले बचाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend