जन आकाश
काठमाडौं । नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।
सोमबार भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । अब नेपालले उपाधिका लागि भोलि आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।मलेसियाले आजै भएको खेलमा हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको थियो ।
सोमबार बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो । नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादवले ४२ रन बनाए । सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ९७ रनमै अलआउट भयो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए । बलिङमा नेपालका कृतिक कामदले ३ विकेट लिए । उनले २.३ ओभरमा १ मेडन राख्दा ९ रन खर्चिए । अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेश भट्टले १-१ विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend