जन आकाश
काठमाडौं । रेखा फिल्म्सबाट बन्ने नयाँ फिल्मको गीत रेकर्डिङ सम्पन्न भएको छ ।
बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन् । गायनमा एलिनालाई बाबुलले साथ दिएका छन् । गुरु पूर्णिमाको अवसर पारेर गीत रेकर्ड गरिएको हो । गायिका एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन् ।
फिल्मको लागि गीत गाउन पाउँदा आफू उत्साहित रहेको उनले बताइन् । अभिनेत्री रेखाले एलिनाको गीतलाई दर्शकले रूचाउने बताइन् । रेखा फिल्म्सले जहिल्यै पनि नयाँ प्रतिभालाई अवसर दिदै आएको छ । पाश्र्व गायनमा एलिनाको भविष्य उज्वजल देखेकी छु । यो गीत दर्शकले रूचाउनेमा विश्वस्त छु,उनले भनिन् ।
रेखाको आगामी फिल्मको नाम तय हुन बाँकी छ । फिल्ममा चार वटा गीतहरू रहनेछ । अन्य तीन वटा गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन साउनको दोस्रो साताबाट सुरू गरिने बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend