logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो


  • जन आकाश
  • बुधबार, असार २० २०८०

काठमाडौँ । १४ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो ।



निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend