logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कलेजकै पोशाकमा झोला बोकेरै विद्यार्थीहरु ‘अन्तिम संस्कार’ हेर्दै


  • जन आकाश
  • बिहिबार, असार २१ २०८०

काठमाडौ । यही असार ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ले अपेक्षाकृत कमाई गर्न सकेको छैन । लगातारको वर्षाको असर पनि फिल्मलाई परेको देखिन्छ । प्रदर्शनभन्दा अगाडि फिल्मको टिमले कलेज-कलेजमा प्रचार अभियान चलाएको थियो ।



दोस्रो हप्तामा कलेज प्रचार अभियानको प्रभाव देखिन थालेको छ । विभिन्न कलेजका विद्यार्थीहरुले हलमा पुगेर फिल्म हेर्न थालेका छन् । कलेजका विद्यार्थीहरुले शोज नै ‘रिजर्भ’ गरेर फिल्म हेर्न थालेको निर्देशक प्रदीप शाहीले बताए । कलेजकै पोशाकमा झोला बोकेरै विद्यार्थीहरुले हलमा फिल्म हेरिरहेको बताउँदै शाही भन्छन्, ‘फिल्मको कथा बुझाउने निर्देशकको आ-आफ्नो शैली हुन्छ । त्यो सबै उमेर समुहका दर्शकले मन पराउँछन् भन्ने हुँदैन ।

हाम्रीले टार्गेट गरेका दर्शकले फिल्म मन पराउनुभएको छ । त्यसैमा खुसी छौं ।’ फिल्ममा बुबा-छोराको भूमिकामा रहेका अभिनेताद्वय विजय लामा र त्रिचु राईको ‘न्यूड सिन’ समावेश छ । कथाले मागेकाले उक्त सिन दिएको कलाकार लामा बताउँछन् ।

फिल्ममा दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, विशाल पहारी, श्याम राई, कृष्णभक्त महर्जन, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमालको पनि अभिनय छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको यस फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्म एक रहस्यमय हत्याको घटनामा आधारित भएर बनेको छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको लेखन निर्देशक शाही स्वयंको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend