जन आकाश
काठमाडौं । कुवेतलाई हराउँदै भारतले नवौंपटक साफ च्याम्पियनसिपको च्याम्पियन भारतले नवौंपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा भारतले यसपटक आमन्त्रित टिम कुवतेलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै उपाधि जितेको हो।
मंगलबार बेंगलुरुमा निर्धारित र एक्स्ट्रा समयको खेल –१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
जसमा कुवेतका मोहमद अब्दुल्लाह दहमले पहिलो पेनाल्टी मिस गरेका थिए। भारतका लागि चौथो पेनाल्टी हानेका उदान्त सिंहले पनि गोल गर्न सकेनन्। त्यसपछि कुवेतका लागि छैटौं पेनाल्टी हानेका खलिद इब्राइम असफल भएपछि खेल भारतले जित्न सफल भए ।
त्यसअघि खेलको १४औं मिनेटमा सबिब अल खाल्दीको गोलबाट कुवेतले अग्रता लिएको थियो। भारतका लागि चाङतेले ३८ मिनेटमा बराबरी गोल गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend