logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

अविश्वसनीय जितले नेदरल्यान्ड्स विश्वकप क्रिकेटका लागि छनोट


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८०

हरारे — स्कटल्यान्डमाथि अविश्वसनीय जित हात पार्दै नेदरल्यान्ड्स विश्वकप क्रिकेटका लागि छनोट भएको छ । नेदरल्यान्ड्सले बिहीबार जिम्बावेमा भइरहेको विश्वकप छनोटमा स्कटल्यान्डमाथि ४ विकेटको विजय हात पार्‍यो । नेदरल्यान्ड्स पाँचौं पटक विश्वकपमा छनोट भएको हो । विश्वकप यस वर्ष भारतमा हुँदै छ ।



सन् २०११ यता भने नेदरल्यान्ड्स पहिलो पटक विश्वकपमा पुगेको हो । विश्वकपमा १० राष्ट्रमात्र खेलाउने निर्णय गरेयता नेदरल्यान्ड्स एसोसिएट राष्ट्रबाट क्रिकेटको सर्वोच्च प्रतियोगितामा छनोट हुने पहिलो राष्ट्र हो । पछिल्लो खेलमा जिम्बावेलाई पराजित गरेपछि स्कटल्यान्डको विश्वकपमा पुग्ने सम्भावना उच्च बनेको थियो । तर, निर्णायक खेलमा टोली पुनः एकपटक असफल रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend