जन आकाश
काठमाडौं । संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा हालै आयोजित ‘फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा गोल्डेन हर्स विशेष सम्मान’बाट सम्मानित भएका छन् ।
गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’की नायिका चैत्यदेवी सिंहले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सन् २००५ मा पहिलो एलबम अन्तरा अनि दोश्रो एलबम तिमी सङ्गबाट सांगीतिक करियर सुरु गरेका पुष्कर गीत ‘मायाले साह्रै रुवाउँदो रैछ’ बाट चर्चामा आए । उनका गीतहरु ‘नयनमा गाजल’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’, ‘झ्यान कुटी झ्यान कुटी’, ‘मैले सुने तिम्रो खबर’, ‘उर्कुची मुर्कुची’, ‘टालाटुली बाटुली’ , आखाको नानिमा ,लगायत धेरै हिट गीत रहेका छन् ।
पुष्करले ललितकला संगीत कलेजबाट संगीत अध्ययन गरेका छन् । उनले संगीत भरेका गीतहरुमा ‘घाइते मुटुको व्यथा’, ‘आँशु रैछ जिन्दगी यो’, ‘बरु पत्थर पग्लिन सक्छ’, ‘साह्रै याद आउँछ’, ‘आउ कम्मर भाँच्नलाई’, ‘तिमी फूल बनेर’, ‘दोलखा चरिकोट’लगायतका धेरै रहेका छन् ।
त्यस्तै एरेन्ज गरेका गीतमा ‘मभन्दा नि धेरै राम्रो’, ‘सुनैको दरबार’, ‘माछी जालैमा’, ‘अम्रिका घुमौला’, ‘साह्रै याद आउँछ’, ‘एकान्त त्यो सुनी’ र ‘कालापानी’ लगायतका गीतहरु नेपाली बजारमा छन् ।
पुष्कर सुनुवारले नेपाली चलचित्रमा पनि धेरै काम गरीसकेका छन् । उनले एरेन्ज गरेका चलिचित्र बाजिगर , तीन घुम्ती , सरिल, लै बरिलै लगायत धेरै फिल्ममा काम गरेका छन त्यस्तै उनले सङ्गीत भरेको अनि स्वर भरेको फिल्महरु मिसन यार्सा , मन त परदेशी,रेनि लगायतका गतिहरु छन् ।
उनले गाएका गीतमा ‘मायाले साह्रै’, ‘चाहेर सजाउन सकिनँ’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’लगायतका गीतबाट पुष्कर सुनुवार अहिले नेपाली सागीतिक बजारमा चर्चाको शिखरमा छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend