logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यो सुन्दर ठाउँले राजनीतिक बिकृतिबाट कहिले पाउने मुक्ति


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

बिनोद कार्की ।



काठमाडौं । रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं १ निवासी म एउटा मध्यम बर्गमा जन्मेको ब्यक्ति हो । मैले मेरो जन्म मेरै गाउँघरमा लिए तेही हुर्के कक्षा १२ माध्यमिक तहसम्मा तेही अध्यान गरे मेरो बाल्यकाल अधिकांश समय मेरै गाउँघरमा उकाली ,ओराली घाँस दाउरा गरेरै बित्यो म एउटा सामान्य परिवारमा हुर्केको ब्यक्ति हो ।

म जन्मेको ठाउँ रामेछाप जिल्लाको उच्च हिमाली भेग भएको कारण खासै यहाँ कृषि उत्पादन राम्रो हुँदैन् यो ठाउँका मानिसहरु अझै पनि बिदेशकै भरमा बाचि राखेका छन् ।

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका नेपालको बागममी प्रदेश अन्तर्गत पर्ने एक बिक्ट ठाउँ नै हो । यहाँको सुन्दर वातावरणमा मैले जन्म लिए । मैले यो सुन्दर ठाउँमा जन्म लिएकोमा गर्व मसुुस गरेको छु ।

अहिले म बिगत दुई बर्षदेखि काठमाडौंको डेरामा बस्दै आएको छु । डेरामा बसेर पनि आफ्नो जन्म भूमिलाई धेरै सम्झने गर्छु । पोहिलाको तुलानामा मेरो गाउँघर धेरै परिवर्तन भएको छ । बिगतका कालीलाग्दा ति दिनहरुमा पड्नका लागि नत नजिकमा बिधालय थिए । नत सड्कको राम्रो सुबिधा नत बिजुली बत्तीको राम्रो सुबिधा नै थियो । पोहिलाका ति  दिन सम्झिदापनि अहिले कल्पना जस्तै लाग्छ   ।

पहिले भन्दा अहिले मेरो गाउँघर धेरै परिवर्तन भएको छ  घरघरमा बिजुली बत्ती घरघरमा मोटरबाटो पुगेको छ । यहाँका अधिकांश मानिसहरु शिक्षित नै छन् ।

यो ठाउँलाई पर्यटकिय क्षेत्रका रुपमा चिनाउन सक्ने थुप्रै माध्यमहरु रहेका छन् । यो ठाउँमा बिकासले गति पनि बिस्तारै लिदै छ  म जन्मेको ठाउँमा बिकासले बिस्तारै परिवर्तन लियो तर यहाँका मानिसहरुको सोच र बिचारमा कहिल्लै परिवर्तन हुन सकेन । अझै पनि म जन्मेको ठोउँमा “राजनीतिक पावर चल्ने गर्छ ” “पाटी हेर्ने गरिन्छ ” कृषिमा सामन्य राहात आएपनि आफ्नो मान्छे हेर्ने गरिन्छ ।

यो ठाउँमा बषौनी बिकास निर्माणका कामहरु आइरहेका हुन्छन् । यहाँ जो छन् टाठाबाठा जो पाटीका कार्यकर्ता भएर हिड्छन् । उनीहरुका लागि मात्र हुन्छ । यहाँ मजदुर काम गर्न पनि पावर चल्ने गर्छ । सुनेको थिए राजनीतिक बिकृति त सहरमा मात्र होला भनेर अहिले त गाउँघरको कुना कुनामा पुगिसकेछ ।

हुनत शिक्षित ब्यक्तिले नै राजनीतिक बिकुती ल्याउछन् । म कहिले काही एकलै बसेर सोच्ने गर्छु । “म जन्मेको ठाउँमा कहिले परिवर्तन आउला, कहिले हटलान यी राजनीतिक बिकृतिहरु ,कहिले हटलान यी भष्टका खोल अ‍ेढेका बिचौलियाहरु  स्वर्ग जस्तै यो सुन्दर ठाउँले राजनीतिक बिकृतिबाट कहिले मुक्ति पाउँला, स्वर्ग जस्तै मेरो ठाउँमा बिचौलीयाहरुले शासन चलाइराखेकाछन् । ”

पर्दैै छन् बाटा ,घाटा ,पुल बिकास निर्माणका काम बिचौलीयाको हातमा बाटा ,घाटा पुलको नाम्मा चल्दै छ कमाउ धन्दा, यो ठाउँका युवाहरु दिनानुदिन अरबको खाडीमा लम्किदै छन् । वडा र पालीकाबाट ताली बजाउदैछन् जाऔ केटा हो दुई चार बर्ष टन्न कमार ल्याउ भन्दै युवालाइ बिदाइ गरिदै छ अरब तिर । राज गदैछन् बिचौलियाहरुले कहिले मुक्ति पाउने सरकार यो सुन्दर ठाउँले राजनीतिक बिकृतिबाट  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend