logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • मंगलबार, असार २६ २०८०

काठमाडौं । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।



बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend