logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायक शिव सागर खड्काको नयाँ गीत ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक


  • जन आकाश
  • बिहिबार, असार २८ २०८०

बिनोद कार्की ।



काठमाडौं । पछिलो समय नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् ।

सोही क्रम्मा रामेछापको गर्जाङमा जन्मिएका लोकप्रिय गायक शिव सागर खड्काको आवाज रहेको ‘‘मलाई खोज्नु पर्ला’ बोलको गीत शिव सागर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

छोटो समयमै सोही गीत दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ । गीतमा शब्द, संगीत, आवज गायक सागरकै रहेको छ भने । गीतमा रिकेश गुरुगंको एरेन्ज तथा मिक्सिङ रहेको छ ।

भिडियो निर्देशन संगित सागर बुर्जाको रहेको छ भने, भिडियोमा छायाकंन मुकेश हुमागाइको रहेको छ । भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुशी भट्टराइको मार्मिक अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।

हुनत गायकका “ यस अघि पनि दर्जनौ गीत बजारमा सार्वजनिक भइसकेका छन् । कती गीत चर्चाको शिखरमा छन् भने,  कती गीतले इतिहास बनाएका छन् ।

२०७२ सालदेखि निरन्तर गायन क्षेत्रमा लागेका गायकको ‘भन सरकार धररा खै’ उनको पहिलो गीत रहेको छ । देशमा आर्थिक संकट परेको अबस्थामा बनाइएको सागरको पहिलो गीतले नै दर्शकको मन जित्न सफल भयो । पहिलो गीतबाट चर्चामा आएका सागर पछिल्लो समय गीतसंगीत र मोडलिङ क्षेत्रमा समेत निकै ब्यस्थ रहेका छन् ।
गायक खड्काका गीतहरु :
गायकको पहिलो गीत भन सरकार धररा र्खै रहेको छ । तेसपछि लगातार , यो नयाँ जोडी , निष्ठुरी भयौरे लगायतका दर्जनौ गीत  बजारमा रहेका छन् ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend