logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

हुम्ला-काठमाडौं सम्पर्क समितीद्वारा खुल्ला फुटसल प्रतियोगिता सम्पन्न


  • जन आकाश
  • बिहिबार, असार २८ २०८०

काठमाडौं । पहिलो पटक हुम्ला-काठमाडौ सम्पर्क समितीद्वारा खुल्ला फुटसल प्रतियोगिता गिता काठमाडौ चाबहिल गोपिकृष्ण हल नजिकै हाम्रो फुटसलमा आयोजना गरेको छ ।



यसै संगठनका सल्लाहकार सतल रोकायको सभापतित्व, प्रमुख अतिथि नेपाल तरुण दल केन्द्रिय सदस्य सुबराम थापाको उद्घोषण भरतजङ्ग शाही , संयोजक विशाल शाही त्यस्तै नेतुक्त्वकर्ता सचिब खेम खड्का लगायत कार्यसमितिका सदस्यहरुको उपस्थितिमा दुई दिन २६ र २७ गतेको समयवधिमा प्रतियोगिता सम्पन्न भएको छ ।

यस् खेल संचालन गर्नका लागि सहयोगी व्यक्तित्वहरुलाई सचिब खेम खड्काले धन्यवाद प्रकट गरेका छन। प्रथम र द्वितीय हासिल गर्ने टिमलाई क्रमशः २५ हजार सहित मेडल, प्रमाणपत्र द्वारा सम्मान गरिएको छ ।

यस नेविसंघका वरिष्ठ उपाध्यक्ष भरत शाहिले यो खेल राम्रो तरिकाले सम्पन्न भएको कुरा बताउनु भएको छ । त्यस्तै सचिब खेम खड्काले आगामी दिनहरुमा यो संगठनले राम्रा काम गर्दै जाने कुरा बताउनु भयो ।

यस प्रतियोगितामा २१ ओटा टिम उपस्तिथि भएको सल्लाहकार सतल रोकायले जनाएका छन । पछिल्लो समय नेविसंघ हुम्ला -काठमाडौ सम्पर्क समितिले आफ्नो कामकारबाही स्थापित हुने तरिकाले विविध क्रियाकलाप गर्दै आएको छ। यस् संगठनका अध्यक्ष अंग बहादुर सिहँ केही कामको लागि गृहजिल्लामा रहनुभएको सह-सचिब देवजङ्ग शाहिले बताएका छन ।

यस् संगठनले जिल्लाबाट आएका बिरामीहरुको अनुगमन तथा सक्दो आर्थिक सहयोग गर्दै आएको पनि देवजङ्ग शाही बताउछन् । फुटबल प्रेमी विद्यार्थीहरुका लागि यो संगठन सधैं अग्रसर रहने कुरा सचिब खेम खडकाले जनाएका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend