जन आकाश
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आइसिसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशी प्रदान गर्ने घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डरबनमा भएको आइसिसीको वार्षिक सम्मेलनमा यो निर्णय लिइएको हो । आइसिसी अध्यक्ष ग्रेग बार्कलेले घोषणालाई महत्त्वपूर्ण क्षण भएको बताएका छन् । उनले भने, ‘म खुसी छु कि आइसिसी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ ।
अब एकदिवसीय विश्वकप, टी-२० विश्वकप र यू-१९ विश्वकपमा महिला टिमलाई पनि पुरुष सरह नै पुरस्कार दिइनेछ । सन् २०१९ को पुरुष एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डले ४ मिलियन डलर पुरस्कार पाएको थियो ।
सन् २०२२ मा महिला विश्वकप जितेको अस्ट्रेलियालाई ३.५ मिलियन डलर पुरस्कार दिइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend