logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लीलाध्वज थापाको १०३औं जन्म जयन्तिका अवसरमा इतिहासकार ज्ञानमणी नेपाल सम्मानित


  • जन आकाश
  • शनिबार, असार ३० २०८०



जयराम बिडारी

काठमाण्डौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा यशस्वी कवि उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीको अवसरमा इतिहासकार तथा साहित्यकार ज्ञानमणी नेपाललाइ एक भव्य समारोहका बीच सम्मानित गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको सभापतित्व तथा त्रिभुवन बिश्व बिद्यालयका पूर्व उपकुलपति तथा जापानको लागि पूर्व राजदूत केदारभक्त माथेमाको प्रमुख आतिथ्यता एवं सम्मानित ब्यक्तित्व इतिहासकार तथा साहित्यकार ज्ञानमणी नेपाल, प्रा. डा. लेखप्रसाद निरौला, प्रा.डा. रामप्रसाद ज्ञवाली , तथा रोचक घिमिरेको आतिथ्यताका साथै सयौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

। उक्त कार्यक्रममा प्रमुख अतिथि केदारभक्त माथेमा द्वारा इतिहासविद तथा साहित्यकार ज्ञानमणि नेपाललाई रु.२५ हजार नगद राशी सहित सरस्वतीको मूर्ति प्रदान गरिनुका साथै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओढाएर लीलाध्वज थापा साहित्य सम्मान ,पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व ज्ञानमणी नेपालले मदन पुरस्कार स्थापना भएकै समयमा मन उपन्यास बाट मदन पुरस्कार प्राप्त यशस्वी ब्यक्तित्व लीलाध्वज थापाको नाम बाट स्थापित पुरस्कारबाट यस अघि ७५ जना ब्यक्तित्व हरुले सम्मानित हुने अवशर पाइसकेको जानकारी पाएर खुशी लागेको बिचार ब्यक्त गर्दै त्यस्ता यशस्वी ब्यक्तित्वको नामबाट आफू समेत पुरस्कृत हुन पाएकोमा आफूले देश र समाजको लागि थोरै भएपनि सुकर्म गरेको रहेछु भन्ने बोध भएको र आफ्नो आगामी कर्म सम्पूर्ण रुपमा देश र समाजका लागि रहने बताउंदै प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको सत्कर्मको खुलेर प्रशंसा गर्दै आफुले अझै थप जिम्मेवारीको महशुष गरेको बताएका छन् । कार्यक्रममा सम्मानित ब्यक्तिवको बारेमा प्रकाश पार्दै प्राध्यापक डा. लेखप्रसाद निरौलाले गुरुकुलीय पद्धतिमा अध्ययन गरेका इतिहासकार नेपालले नेपालको ऐतिहासिक महत्वलाइ उजागर गर्ने क्रममा सम्मानित ब्यक्तित्व ज्ञानमणी नेपालले महत्वपूर्ण योगदान दिएको चर्चा गरेका छन् ।

सोही कार्यक्रममा कवि सीता भट्टराइ,तथा मोमिला जोशी, रमेश ‘सुभेक्षु’ ,काजी रोशनका साथै बलराम दाहालले आ-आफ्ना रचना ( कविता) बाचन गरि कार्यक्रमलाइ रौनक बनाएका थिए । साथै कार्यक्रममा रचना बाचन गर्ने कवि तथा साहित्यकार हरुलाइ प्रमुख अतिथि द्वारा कदर- पत्रले सम्मान गरिएको थियो ।साथै कार्यक्रममाा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. लेखप्रसाद निरौल तथा साहित्यकार रोचक घिमिरे द्वारा नेपाली साहित्यमा लीलाध्वज थापाको योगदानको चर्चा गरिएको थियो । यसैक्रममा प्रमुख अतिथि केदारभक्त माथेमाले आफ्नै आन्तरिक स्रोतको परिचालन गरेर साहित्यिक गतिबिधीलाइ नियमित रुपमा लामो समय सम्म निरंतरता प्रदान गर्नु चानचुने कुरा नभएको बताउंदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानले समाजमा बिशिष्ट योगदान गरेका कवि, कलाकार,साहित्यकार तथा अन्वेषक हरुको समाजप्रतिको योगदान मुल्यांकनका आधारमा निरंतर सम्मान गरेकामा खुशी ब्यक्त गरेका छन् ।

कार्यक्रमको अन्त्यमा सभापति एवं प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले इतिहासविद् ज्ञानमणी नेपालले प्रतिष्ठान द्वारा प्रदान गरिएको सम्मान ,पुरस्कार ग्रहण गरिदिएकामा स्वयं प्रतिष्ठानको गरिमा बढेको बिचार ब्यक्त गर्दै आफ्नो व्यस्त समयको वावजुद पनि कार्यक्रममा सहभागिता जनाइदिनुहुने सम्पूर्ण महानुभाव हरुमा आभार ब्यक्त गर्दै लीलाध्वज थापाको केही कविता बाचन गरिएको थियो । यादव भट्टराई द्वारा आकर्षक रुपमा संचालित उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend