जन आकाश
काठमाडौँ — नेपाल पुलिस क्लबको दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाइनल पुगेका छन् ।
महिलातर्फ अन्तिम लिग खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । योसँगै पुलिस अपराजित रहँदै फाइनल पुगेको छ । पुलिसले २५–२०, २५–१४, २५–१७ ले विजयी नतिजा निकाल्यो ।
पुलिसले ५ खेल जित्दै १५ अंक बटुल्यो । उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी एपीएफको सामना गर्नेछ । एपीएफ ११ अंकसाथ दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई २५–१८, २५–१२, २५–१५ ले हराएको थियो । आर्मीसँग ८ अंक रह्यो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा पुरुषतर्फ पुलिसले एपीएफलाई २५–२२, २५–१३, २५–१५ ले हराएको थियो । जित्नैपर्ने दबाबका साथ कोर्टमा उत्रिएको पुलिसको १५ अंक भएको छ ।
पुलिसले फाइनलमा टिपटप हेल्प नेपाल र आर्मीमध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले एक खेल गुमाएको थियो । दिनको अर्को खेलमा गण्डकी प्रदेशले दावाँली मिलन क्लबलाइ २५–२१, २५–१५, २५–१६ ले हरायो । गण्डकीको ६ अंक भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend