logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कन्काकाफ गोल्डकपको उपाधि मेक्सिले जित्यो


  • जन आकाश
  • सोमबार, साउन १ २०८०

काठमाडौं । सान्टियागो गिमिनेजको निर्यायक गोल मद्दतमा मेक्सिकोले कन्काकाफ गोल्डकपको उपाधि जितेको छ । सोमवार बिहान अमेरिकामा भएको प्रतियोगिताको फाइनलमा मेक्सिको पानामालाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।



क्यालिफर्नियास्थित सोफी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सान्टियागो गिमिनेजले ८८ औं मिनेटमा एक मात्र गोल गरे । उनले ओर्बिलिन पिनेदाको पासमा गोल गरे ।

उत्तर तथा मध्य अमेरिकी क्षेत्रको १६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा मेक्सिकोले सेमिफाइनलमा जमैकालाई तथा पानामाले आयोजक अमेरिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

अहिलेसम्म १७ संस्करण आयोजना हुँदा मेक्सिकोले सर्वाधिक ९ पटक कन्काकाफ गोल्डकप उपाधि जितेको छ । अमेरिकाले ७ पटक उपाधि जित्दा क्यानडाले एक पटक उपाधि जितेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend