logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसिया कपमा नेपालले आज दोस्रो खेल खेल्दै


  • जन आकाश
  • मंगलबार, साउन २ २०८०

काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ ।



समूह ‘बी’ को खेलमा नेपालले भारतको ‘ए’ टिमसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार सवा दुई बजे सुरू हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो ।

नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन् । नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन् ।  एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend