logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सर्वोत्कृष्ट कथा पुरस्कार महेश पौडेललाई


  • जन आकाश
  • मंगलबार, साउन २ २०८०

काठमाडौ । ‘अनेसास पदमविश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथा सङ्ग्रह अपरिचित अनुहारलाई प्रदान गरिएको छ ।



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासद्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ । अमेरिका निवासी साहित्यकार पदम विश्वकर्माले अनेसास अन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘अपरिचित अनुहार’का लागि कथाकार तथा समालोचक महेश पौड्यालपाले प्राप्त गरेका हुन् ।

आगामी लक्ष्मी जयन्तीका अवसरमा एक समारोह आयोजना गरी प्रदान गरिने पुरस्कार वितरण गरिने अनेसासले जनाएको छ ।

पौड्याल कथाकार, कवि, समालोचक तथा अनुवादक हुन् । अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरमा उप–प्राध्यापकको रूपमा कार्यरत् पौड्यालका ‘तादीकिनारको गीत’, ‘अनामिकयात्री’, ‘त्यसपछि फुलेन गोदावरी’ र ‘अपरिचित अनुहार’, ‘शून्य प्रहरको साक्षी’लगायत एक दर्जन बढी बाल साहित्यका पुस्तक, केही गीत र नाटक तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् । उनी साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि क्रियाशील छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend