जन आकाश
नेपालमा शैक्षिक क्षेत्रमा देखिएको दुई खलका शैक्षिक अवस्थालाई सधैको लागि बन्द गरौ । किनकी यसो गर्न सकियो भने नेपाली बीचमा नै दुई खालका नागरिक जस्तो भाव अन्त्य हुन्छ । समानताको समान प्रतिस्पर्धा हुन्छ । कुनैपनि नागरिकले छोराछोरी महगा कलेज,स्कुलमा पढ्ने देखासेखीको अन्त्य हुन्छ र तिनै असिमित चाहाना राखेर जिद्दी गर्ने छोराछारीलाई महगा स्कुल, कलेजमा पढाउन समाजमा अवाच्छित गतिविधि गर्नुपर्ने वाध्यता आउदैन । समाजमा अपराध न्युनिकरण हुन्छ । भ्रष्टचार न्युनिकरण हुन्छ । शिक्षाले नै देशको समाज, अवस्था भविष्य बनाउने हो । त्यसैले शिक्षा क्षेत्रमा देखिएका यस्ता दुई खालका नीति बन्द गरेर सरकारले एकै खालको नीति तर्जुमा गर्न ढिला गर्नु हुदैन ।
अहिले शैक्षिक क्षेत्रमा प्लस टुको भर्ना खुलिसकेको छ । कलेजहरुहरुमा विद्यार्थीहरुको भर्ना गर्ने लाइन लामो देखिन्छ । एस ईई दिएर बसेका नयाँ पुस्ताहरुको रिजल्ट आइसकेपछि कलेजहरुमा भीड लाग्न थालेको हो । यस्तो भीड सरकारी कलेजसँगसँगै नीति कलेजहरुमा पनि देखिन्छ ।
झनै महगा कलेजमा त भर्ना गराउन विद्यार्थी तान्न स्कुल स्कुलमा एस ईई दिदा नै विद्यार्थीहरुलाई कलेजहरुको वारेमा चर्चा गर्न एजेन्ट नै परिचालन गरेर योजना बनाउन थालेका कलेजहरुले लिने शुल्कको वारेमा सुन्यौ भने पनि नब्बे डिग्रीको जरो फट्छ । किनकी नेपालीको औसत आम्दानी को झण्डै एकतिहाई रमक महगा कलेजहरुले लिने शुल्क हुन्छ । एकजना मानिसको सरदर मार्षिक तलव सरदर ३०००० हुन्छ । तर नीति महगा कलेमा लिने शुल्क झण्डै ३०००० हजार देखि ५०००० हजार सम्म फीस लिने कलेजहरु काठमाडौ उपत्यका तथा नेपालका अन्य क्षेत्रिय नीति कलेमा लिने गरेको देखिन्छ ।
यस्तो महगो रकम तिर्न सक्ने हैशियत ठुला ब्यापारी, तस्कर, भ्रष्टाचारी,कालो बजारी गर्ने, मिटर ब्याजमा पैशा लगानी गर्ने, यस्ताहरुको लागि त यो रकम सामान्य नै होला तर समान्य नागरिक जो अरवको भुमिमा गएर छोराछोरीको पढाई राम्रो होस भनेर नीति बोडिङ स्कुलमा बच्चा पढाउने देखासेखी गरेका र भ्रष्ट,तस्करहरुको छोराछोरीसँग स्कुल पढेका साथी सँगतमा परेर महगो कलेज छान्ने बाउ आमाको अवस्था यो रकम तिर्न सक्छन् । तिर्न सक्नेले रोइ कराई वा ऋण धन गरेर पढाउलान् । नसक्नेले सामान्य कलेजमा पढन भन्दा छोराछोरी पढ्न मान्दैनन् । कतिले त महगो कलेजमा भर्ना नगरिदिने हो भने पढ्न नै छाड्छन् । यसको समस्या दुई खालको नीति नै हो । यस्तो अवस्था दुई खालको शिक्षाको नीतिले नै ल्याएको हो ।
के महगो कलेजमा भर्ना हुने बित्तिक्कै छु मन्तर हुन्छ त ?
आखिर शिक्षा भनेको शिक्ने, पढ्ने र दिर्धकालीन सोच बनाएर नीतिगत रुपमा व्यवहारमा उतार्न सक्ने मानिस नै शिक्षित हो । त्यसैको लागि शिक्षा चाहिएको हो । जसले समाजलाई समेटेर समग्र हितको लागि काम गरोस् र त्यही समाजको अगुवा र प्रेरणा उत्कृष्ट शिक्षा लिएको मानिसले बनाएको योजना बनोस् । लक्ष्य यति नै हो ।
कोही बिद्यार्थी लद्दु र कोही किन अब्बल हुन्छन् ?
किताब एउटै पढाइन्छ, त्यो इगलिसमा होस कि नेपालीमा,त्यो सरकारीमा होस कि नीति कलेमा, सन्दर्भ एउटै हुन्छ । शिक्षक उस्तै हुन्छन् । अज्झ भन्ने हो भने सरकारी कलेजमा त सरकारले शिक्षा आयोगको जाच लिएर छानेका उत्कृष्ट शिक्षकहरुले शिक्षण गराएका हुन्छन् ।
समग्रमा मेहनत गर्ने विद्यार्थीले पढ्ने भनेको किताब हो, किताबमा भएको बिषय पढेर आफ्नो मौलिक लेखन तिखारर्ने र उत्कृष्ट हुने हो । त्यो नीजि कलेजमा होस वा सरकारीमा किन नहोस् । ति मेहेनति विद्यार्थीहरुले प्रगति गरेकै छन् ।
तर यो बिषय बस्तु भन्दा पर गएर शैक्षिक माफियाहरुले नीजि स्कुल,कलेज राम्रा हुन्छन् । गुणस्तर हुन्छन् । भन्ने हौवा फैलाएर समाजलाई पुजी लगानी नगरेसम्म शैक्षिक ज्ञान लिन सकिदैन भन्ने भान पारेका छन् । त्यसैको असर पढ्न नै ऋण गरेर भएभरको जेथा सक्कि सकेको हुन्छ । अनि त्यो विद्यार्थी लाइन बसेर प्लस टु पास गर्ने वित्तिक्कै विदेशमा अर्काको भाडा माज्न नगएर काहा जाओस् त !
यस्तो अवस्था दुई खालका शिक्षा नीतिले गर्दा देशै खाली हुनेगरी पढ्ने नाममा युवा जति देश छोडेर गईरहेका छन् । आमा–बुबाले बुढेसकालमा बिरामी हुदा एक गिलास तातोपानी पिलाउने साथ पाउन छोडेका छन् । यो अवस्था शिक्षा क्षेत्रमा आएको बेतिथिले ल्याएको हो ।
त्यसकारण प्यारा प्यारा भाइबहिनीहरु शैक्षिक क्षेत्रमा महगा कलेजमा पढेर मात्र जानिने होइन । किताबमा बिषय बस्तु पढेर ग्रहण गरी त्यस शिक्षालाई लागु गर्ने तरिका नै शिक्षा हो । ठुला भवन, फराकिला मैदान, चिल्ला मार्वल टासेर बनाएका भवनमा भर्ना गर्ने वित्तिक्कै जादुको छडी हुदैन । अभिभावको आर्थिक अवस्था र आफ्नो जिवन पद्धतिलाई यस्तै उमेरमा बुझ्न सक्यो भने मात्र देशको असल नागरिक बन्ने प्रेरेणा जाग्छ । युवा पुस्ताले यस्ता असल कार्यहरु बुझनुपर्छ भने सरकाले विग्रदै गएको शिक्षा क्षेत्रलाई संगाल्न दुई खाले शैक्षिक नीति तुरुन्तै संशोधन गरेर समानताको आधारमा कायम गर्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend