logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

करिश्मा मानन्धरले मेयर बालेन शाहलाई किन धन्यवाद दिइन् ?


  • जन आकाश
  • बिहिबार, साउन ४ २०८०

काठमाडौं । नायिका करिश्मा मानन्धर अभिनीत फिल्म ‘बगान’ शुक्रबारदेखि हलमा रिलिज भइरहेको छ । फिल्मको सुरुवाती व्यापार सुखद छैन । तर, पनि यो फिल्मको निर्माणपक्षले फिल्मको प्रचार गर्न छाडेको छैन । फिल्मको विभिन्न शोजहरु आयोजना भइरहेका छन् ।



यसैबिच, यो फिल्मको प्रचारका क्रममा काठमाडौं महानगरका भित्ताहरुमा पोस्टर टाँसेको भन्दै निर्मातालाई महानगरपालिकाले ५० हजार जरिवाना तिराएको थियो । मंगलबार केही आक्रोशित देखिएको फिल्मको टिम बुधबार भने खुशी देखिएको छ ।

फिल्मकी नायिका करिश्मा मानन्धरले ५० हजार रूपैयाँ जरिवाना तिराएर फिल्मको लाखौँको प्रचार गरिदिएको भन्दै महानगरका मेयर बालेन शाहलाई धन्यवाद दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘महानगरले हामीलाई ५० हजारको जरिवाना तिराएर ५ लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेन जी नेपाली फिल्मलाई माया गर्नुहुन्न भनेर जय बालेन ।’

यो फिल्ममा करिश्माले एकल महिलाको भूमिका निर्वाह गरेकी छिन् । एकल महिलाले बिबाह गर्नुपर्छ भन्ने कथामा यो फिल्म तयार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend