जन आकाश
नेपाली सागीतिक क्षेत्रमा पछिलो समय प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेका लागि स्थान दिने प्रचलन बढदै गएको छ । त्यसको असररले पछिलो समय गीत संगीत क्षेत्रमा मौलिकता झल्काउने गीतहरु लोभ हुँदै गएका छन् । पैशाका आडमा निस्कने मौलिकता नभएकाले स्थान पाउदा बिकृति जनक गीतहरु बजारमा फैलिदैछन् ।
सागीतिक क्षेत्रमा भबिष्य बनाउने धेरैको रहर हुन्छ । “कोहीसँग प्रतिभा हुन्छ पैसा हुदैन” “कोहीसँग पैसा हुन्छ प्रतिभा हुँदैन”हरेक मानिसलाई जीवनमा एउटा न एउटा अभावले पिरली रहेको हुन्छ ।
नेपालमा राजनीतिक क्षेत्रमा आएको बिकृति जस्तै गीत संगीत क्षेत्रमा पनि आफ्नो मान्छे छानेर स्थान दिने गरिन्छ । तर त्योभन्दा भिन्न अवस्थावाट नेपाली संतीतिक क्षेत्रमा लोक सस्कृतिलाई माया गर्ने एक अधभूत क्षमता भएकी दर्शकले निक्कै मन पराएका तथा सामाजिक सञ्जालमा भाइरल भएकी किरण श्रीपालीको संघंर्षका कथा यस अङकमा प्रस्तुत गरेका छौं ।
बागलुमको बिकट ठाउँमा जन्मेकी किरण श्रीपाली सामान्य परिवारमा हुर्केकी चेली हुन् । सानैदेखि गाकिा बन्छु भनेर सपना देखेकी किरण मेलापात ,उकाली ,ओराली घाँस ,दाउरा गर्दा गीत गुनगुनाउनी गर्थिन । सानैदेखि गीतसंगीत क्षेत्रमा भबिष्य देखिकी किरण स्कुल कलेजका प्रोग्रममा आफ्नो गायकी पस्तुती देखाउने गर्थिन् । उनको गायको प्रस्तुतीबाट साथीभाइ र गुरुबाट “वा” किरण “वा” भन्दै ताली बज्ने गरथ्यो । त्यो तालीले मलाई सागीतिक क्षेत्रमा लाग्न थप उर्जा मिल्थ्यो श्रीपाली जन आकाश मिडियासंग बताउछिन् ।
“घर परिवारबाट सागीतिक क्षेत्रमा साथ सपोट पाएकी किरणको बुवाको ठुलो सपना थियो छोरीले गीत गाएर नाम कमाउछे भन्ने । बुवाले सधै भन्ने गर्थे पैसा भनेको हातको मैला हो । आज छ भोली नहुन पनि सक्छ । तेसैले छोरी दामको पछि कहिले नलाग्नु तैले दाम हैन नाम कमाएको हेर्ने मन छ । गीत संगीत क्षेत्रमा लाग्न बुवा, आमाको सपोट पाएकी किरणले २०७४ सालमा नेपाल गोल्डेन आईडलमा भाग लिइ सिजन ५ को टप ८ मा पर्न सफल भइन् ।
२०७५ सालमा ३ बर्षे बाली बिज्ञान कोर्ष सकेर गीत सिकेर संगीत क्षेत्रमा लाग्छु भनेर आफ्नो सुन्दर जन्म भुमी छोडेर किरण बिरानो मुलुक काठमाडौ सहरमा आइन् । काठमाडौं आएपछि किरणको अभावै अभाको जीवन सुरु भयो । “मन भरी गायिका बन्ने सपना” “परिवारको ठूलो जिमेवारी ”ले सधै मन पिरोली रहन्थ्यो । किरण कामको शिलसिलामा कहिले बसपार्क कहिले ,कोटेश्वर धाइरहन्थिन् । भने जस्तो काम कतै पाइदैन्न थियो ,कामको थकाइ परिवारको जिमेवारीले किरणलाई एकान्तमा बसेर रुन मन लाथ्यो । कामको शिलशिलामा भौतारेकी किरणले लामो समयपछि थाहाँ पाइन् । राम्रो काम पाउन ,राम्रो जागीर खान सहरमा आफ्नो मान्छे चाहिने रहेछ , राजनीतिक पावर चल्ने रहेछ भनेर । बिरानो काठमाडौं सहरमा किरणले कसैलाई चिनेकी थिइन्न् । राजनीतिक पावर त झन अलग बाटो थियो । आमा वुवाको मायाँमा हुकेकी किरण घर छोडेर कतै निस्केकी थिइन्न् ।
बिरानो मुलुक काठमाडौ सहरमा आएकी किरण सहरका मानिसले गरेका ब्यवहार देख्दा किरण आमा बुवा र गाउँघर झल्झली सम्झने गर्र्थिन् । सामान्य परिवारमा हुर्केकी किरण्को ठूलो सपना थियो गायिका बनेर देशलाई चिनाउने । तर सोचे जस्तो सजिलो थिएन् गायिका बन्न ।
किरणको जीवनमा कठिन परिस्थितिहरु थुप्रै आउथे किरण शारीरिक रुपमा पनि अस्वस्थ थिइन् ढाडको थेरापी र औंषधी खाइराख्नु प¥थ्यो जस्तो सुकै परिस्थितमा पनि किरणले कहिले हार मानिनन् दुख सुख आफ्नो सागीतिक यात्रलाई अगाडी बढाइन । लामो समयको संघर्ष पछि किरण सिमसिमे पानी बोलको गीत रेकर्ड गर्न सफल भइन् । उक्त गीत छोटो समयमै दर्शकको मन जित्न सफल भयो । पहिलो गीतबाटै चर्चामा आएकी किरण पछिलो समय गीत रेकर्ड ,लाइभ दोहोरी , सिरियलको अभिनयमा समेत निकै ब्यस्थ हुँदै आएकी छिन् ।
सिमसिमे पानी बोलको गीतपछि मैले ५/ ७ ओटा गीत लगातार गरे । अब एउटा तिज गीतको तयारीमा छौ । अझैै गीत गाउने अबसरको खोजीमा छु । किरण श्रीपाली जन आकाश मिडियासंग बताउँछिन् ।”
गायिका किरण श्रीपालीसँग जन आकाश साप्ताहिकका संवाददाता विनोद कार्कीले संवाद गरेर तयार पारेका हुन् । नयाँ प्रतिभाको खोजि अभियाँन जन आकाश मिडियाले थालेको छ ।
उक्त अभियाँनमा जोडिन जन आकाशका विनोद कार्कीसँग सम्पर्क गर्न सकिने छ । अथवा जन आकाश मिडियाको अफिसमा सम्पर्क गरेर पनि उक्त अभियाँनमा जोडिन सक्नु हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend