जन आकाश
तेजप्रकाश बानिया
पूर्व सहायक रथि
शान्त मुरारिको ’मुस्कुराउने फूल (गजल तथा गीत सङ्ग्रह)
१ अहिले नेपाली साहित्यका क्षेत्रमा अनेकौ ंखाले पुस्तकहरू प्रकाशित भइरहेका छन् । यसो विचार गर्दा, एक प्रकारको होडबाजी नै चलेको छ । यसै सन्दर्भमा भत्रुपर्दा आजकल गजल विधाको पाठकहरूको सङ्ख्यामा बृद्धि हुनुको साथै गजलको लोक प्रियता पनि बढ्दै गएको छ । नयाँ गजल प्रेमीहरूको संंख्या बढ्दै गएको छ । विमोचनकै क्रममा गजलकार शान्त मुरारिको ‘मुस्कुराउने पूmल’शीर्षकको गजलको पुस्तक –गजल तथा गीत) मेरो हात परेकाले यसै बारे केही लेखने धृष्टता गरेको छु ।
भाषा पनि जीवित प्राणी सरह समय सापेक्ष आपैंm परिमार्जित हुदै जाने कुरा हो । गजल शब्द उर्दु कवितामा सशक्त सङ्गीताात्मक काव्य रूप हो । यो फारसीमा जन्मिएर हुर्कदै जादा देश विदेश घुम्ने क्रममा ती देशहरूमा परेको सकारात्मक प्रभाव पैmलिएर उर्दु, हिन्दी हुँदै आजको अवस्थामा नेपाल आइपुगेको हो । गजल आयातीत विधा भएर पनि नेपाली साहित्यमा जन्मसिद्ध विधाको स्थान ओगट्न सफल भएको छ । शुरूका दिनहरूमा माया प्रेम, प्रेमी र प्रेमिका बीच हुने वार्तालाप जस्ता कुरामा गजलको भाषा प्रयोग गर्ने भनिएता पनि सूचना प्रविधिको तीब्र विकास र विश्व ब्यापीकरणले सारा विश्व एउटा गाउँ समान भएकोले जुन भाषामा जे विधा पनि लेख्न थालिएको छ ।

२. गजलकार शान्त मुरारिको जन्म वि. सं. २०३४ साल कार्तिक ७ गते हालको ठेगाना अनुसार चन्द्रागिरि न. पा. वडा नं. ८ मातातीर्थ, काठमाडौंंमा भएको हो । पिता मुरारि प्रसाद रिजाल र माता शान्तादेवी रिजालको सुपुत्रको रूपमा जन्मनु भएका उहाँको बाल्य कालमा पिताका साथ बित्यो । उहाँले कखहरा घरबाटै सिक्नु भयो । पछि १ देखि ३ कक्षासम्म जन विकास मा.वि.मातातीर्थमा अध्ययन गरी कक्षा ४ देखि प्रविणता प्रमााण पत्र तह सम्मको अध्ययन वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबाट पूरा गर्नु भएको छ । शिक्षा आर्जनकै क्रममा त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघरबाट विज्ञानमा स्नातक गर्नुका साथै, महेन्द्र रत्न क्याम्पस, ताहाचलबाट शिक्षा शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
३. शिक्षकले देखाएको बाटोे अनुसार बालबालिकाको भविष्य निर्धारण हुने भएकोले समाजलाई मर्यादित बनाएर देशलाई समृद्ध पार्न आवश्यक असलना गरिक र हरेक क्षेत्रका विज्ञहरू उत्पादन गर्ने शिक्षण जस्तो महत्वपूर्ण पेसा अँगाल्नु भएका सर्जकले साहित्य साधनालाई शोखको रूपमा लिनुभएको छ । उहाँको पहिलो
साहित्यिक कोसेलीको रूपमा तयार भएको ‘मुस्कुराउने पूmल’शीर्षकको गजल तथा गीत सङ्ग्रह मेरो हात प¥यो । आहा ! कति राम्रो पुस्तक ।
४. उहाँले बढो मिहिनेतका साथ बौद्धिक खुराकको रूपमा प्रस्तुत गर्नु भएको गजल र गीतहरू स्तरीय, चोटिला र पोटिला छन् । २६० पेजको पुस्तकलाई आधा आधि पारी पहिलो खण्डमा १२४ गोटा गजल र दोश्रो खण्डमा १२६ गोेटा गीतहरू समाविष्ट गरिएका छन् । गजलहरू स्वतन्त्र छन् । अधिकांश गजलहरू माया प्रेम र शृङ्गारसँग सम्बन्धित छन् । उहाँका गजलहरूमा देशप्रेम, देशको सुरक्षा, वैेदेशिक रोजगार, कृषिप्रधान देशमा कृषि उत्पादनको नगन्यता, जालझेल र सत्तालिप्साको राजनीति, पुर्खाको गौरव, देशको प्रकृति एवम् सुन्दरता, शुभकामना, बाल, अध्यात्म, शोक, ईश्वर भक्ति, कुण्ठा आदि विषयहरू पनि समेटिएका छन् ।
५. अन्त्यमा, शिक्षण जस्तो व्यस्त र जिम्मेवार पेसामा रहेर पनि पहिलो प्रयासमा यो पुस्तक पाठकको हातमा पु¥याउनु सजिलो कुरा होइन । यो पुस्तक गजल प्रेमी र गजल लेखकहरूका लागि पठनीय र सङ्ग्रहनीय छ । शान्त मुरारि पहिलोे प्रयास बाटै, सफल गजलकार बत्रु भएको छ । नेपाली साहित्यमा उदाउदो ताराको रूपमा देखा पर्नु भएकैँ छ । उहाँको उज्वल भविष्यको कामना गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend