logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गायिका पन्तले गरिन संगीतकार उपाध्यायको प्रसंसा


  • जन आकाश
  • सोमबार, साउन ८ २०८०

काठमाडौ । योगेन्द्र उपाध्यायको संगीत रहेको गीत ‘महशुश गर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ । प्रेमभावको गीतबारे प्रतिक्रिया दिदै गायिका पन्तले संगीतकार उपाध्यायको खुलेरै प्रसंसा गरेकी छिन । आफुले लामोसमयको अन्तरालमा उत्कृष्ट संगीतमा स्वर दिन पाएको भन्दै संगीतकार उपाध्यायको तारिफ गरेकी हुन् । गायिका पन्तले गीत उत्कृष्ट बन्न संगीतकारको अहम् भूमिका रहने भन्दै आफुले नयाँ पुस्ताका संगीतकारमा उपाध्यायलाई निकै अब्बल पाएको जनाइन । गायिका पन्तले यसअघि उपाध्यायको संगीतमा ‘सँगै हिडौन’, ‘जून हौ तिमी’ जस्ता गीतमा स्वर दिएकी थिइन ।



यस्तै संगीतकार उपाध्यायले अञ्जु पन्त जस्तो सफल गायिकाले आफुलाई विश्वास गरिदिनु नै आफ्नो सफलता भएको भन्दै गीतकार डा. अर्यालका गहन शब्दले गीतलाई उत्कृष्ट बन्न सहयोगी भूमिका खेल्ने विश्वास लिए ।

यता गीतकार डा. अर्यालले योगेन्द्रको जादुमयि संगीतले आफुलाई सधै मोहित तुल्याउने बताएकी छिन । उनले हरेक कोणबाट योगेन्द्रका सृजना उत्कृष्ट हुने भन्दै उनको संगीतमा काम गर्ने इच्छा सधै उस्तै ताजा रहने बताइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend